कास्की निर्वाचनः एमालेमा बाँस्तोला र कांग्रेसमा गुरुङ बने 'बागी'
पाेखरा | असोज २४, २०७९
नेकपा एमालेका कास्कीमा युवा नेताको छवि बनाएका जगन्नाथ बाँस्तोलाले प्रतिनिधिसभा र प्रदेश कतैपनि टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
क्षेत्र नम्बर ३ बाट टिकटका आकांक्षी रहेका बाँस्तोलाको नाम केन्द्रमा सिफारिश भएपनि अन्तिममा टिकट नपाएपछि स्वतन्त्रकारुपमा बागी उठेका हुन् ।
यस क्षेत्रबाट पार्टीले दामोदर वैरागीलाई टिकट दिएको छ ।
त्यस्तै, नेपाली कांग्रेस कास्कीमा हक्की नेताका छवि बनाएका पुराना नेता महादेव गुरुङले पनि आफुलाई बागीमा दर्ता गराएका छन् ।
टिकटका आकांक्षी रहेका गुरुङले क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका हुन् । यस क्षेत्रमा गठबन्धनकातर्फबाट नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले टिकट पाएका छन् ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

